हेवा खोलामा ट्रक दुर्घट्ना एकको मृत्यु, २ घाइते

  • प्रकाशित मिति : २०८० असार ३१, आईतवार
  • नेपाल टेल संवाददाता

पाँचथर । पाँचथरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । २ जना धाइते भएका छन् । हिलिहाङ ७ हेवाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुवरले जनाएका छन् ।

घाइतेहरुकाे उपचारकाे लागी पाँचथर अस्पतालमा ल्याइएकाे प्रहरीले जनाएकाे छ । दुर्घटना कारण खुल्न बाँकी रहेकाे कुवरले बताए ।



सिमेन्ट बोकेको ट्रक पाँचथरबाट ताप्लेजुङ तर्फ जाँदै गरेको बताइएको छ ।घटनाकाे बिस्तृत बिबरण आउन बाँकी छ ।