तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह

  • प्रकाशित मिति : २०८० श्रावण १४, आईतवार
  • नेपाल टेल संवाददाता

अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए । सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उनले सबैलाई आग्रह गरेका छन् ।



विगत ढाई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मीरा दमासेले बताइन् । उनको अवस्थाको बारेमा विगत तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उनले आग्रह गरिन् ।