नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ निर्माणमा ‘ब्रेक थ्रु’

  • प्रकाशित मिति : २०८० श्रावण २२, सोमबार
  • नेपाल टेल संवाददाता

नागढुङ्गा–नौविसे सुरुङमार्गको रेस्क्यू टनेल सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार धादिङ र काठमाडौँ दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । कुल दूरी २.५५७ किलोमिटर यो सुरुङकाे आपतकालीन सुरुङ खन्ने काम सकिएको र फिनिसिङको काम गरिने सडक विभागले जनाएकाे छ ।



साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।