सांसद शर्मा पक्राउको जानकारी दिन संसद् सचिवालय पुग्यो सिआइबी

  • प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सांसद सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी दिन संसद् सचिवालय गएको छ । सिआइबी स्रोतका अनुसार सिआइबीको टोली शर्मा पक्राउको जानकारी दिन संसद् सचिवालय गएका हुन् ।

आज (बिहीबार) नेपाली कांग्रेसका सांसद शर्मा पक्राउ परेका छन् । उनलाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा पक्राउ गरेकाे प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।



उनी मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मालाई हातीगौडास्थित आफ्नै निवासबाट सिआइबीले पक्राउ गरेको हो ।