कञ्चनपुरमा ३५ वर्षीया महिला बलात्कृत

  • प्रकाशित मिति : २०८० भाद्र २३, शनिबार
  • नेपाल टेल संवाददाता

कञ्चनपुरमा एक ३५ वर्षीया महिला आफ्नै घरमा बलात्कृत भएकी छिन् । घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।