जब ठमेलको मजाजमा पूर्व राजा ज्ञानेन्द्र परिवारसहित पुगे…

  • प्रकाशित मिति : २०८० आश्विन २१, आईतवार
  • नेपाल टेल संवाददाता

पूर्व राजा ज्ञानेन्द्र शाह ठमेलस्थित ‘मजाज मेडिटेरिनियन फुड एण्ड शिशा लाउन्ज’ पुगेका छन् । शनिवार साँझ उनी परिवारका केही सदस्यसहित पुगेका थिए ।

अरबी खानाको स्वाद लिन पूर्व राजा ज्ञानेन्द्र परिवारसहित मजाज पुगेका थिए । उनले त्यहाँ रहँदा रेष्टुरेण्टको इन्टिरियर डिजाइन अवलोकन गरेका थिए ।



नेपालमै पहिलोपटक टर्की र दुवई पुगेको जस्तो आभास दिलाउने लाउन्ज खुलेको प्रतिक्रिया दिएका थिए । परिवारसहित पुगेका शाहले अरबी खानाको पारखी रहेको बताएका थिए ।