कुवेतका अमिरको निधनमा नेपाल सरकारले आधा झण्डा झुकाउने

  • प्रकाशित मिति : २०८० पुष २, सोमबार
  • नेपाल टेल संवाददाता

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।



कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।