यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय (सूचीसहित)

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले हालै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग गर्न ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।



त्यसैगरी, नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री खरेलले जानकारी दिए।