मनसुनको प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र केही स्थानमा हिमपातको समेत सम्भावना छ।