सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापासहित ७ जनाले पाए जिम्मेवारी

  • प्रकाशित मिति : २०८३ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।

शुक्रबार गरिएको नियुक्तिअनुसार जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।



सरकारले खुला प्रतिस्पर्धामार्फत उपकुलपति छनोट प्रक्रिया अघि बढाएको थियो। उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो।

उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सातै विश्वविद्यालयका उपकुलपतिहरूलाई नियुक्त गरेका हुन्।