अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा भएका छन् । शुक्रबारबाट सुरु भएको श्रद्धाञ्जली सभामा शनिबारसम्म उस्तै बाक्लो भिड कायम रहेका तस्वीरहरू सार्वजनिक भएका छन् ।
खामेनीको शव तेहराको ग्रान्ड मोसल्लामा राखिएको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
इरानी अधिकारीका अनुसार खामेनीको श्रद्धाञ्जली समारोह ६ दिनसम्म चल्नेछ । उक्त ६ दिनको अवधिमा झन्डै दुई करोडमा मानिस उपस्थित हुने इरानी अधिकारीले दाबी गरेका छन् ।
यस्तै, खामेनीको शव इराक पनि लगिने बताइएको छ । इराकको समाचारस्रोतलाई उधृत गर्दै बीबीसीले बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव इराकको राजधानी बगदादमा लगिने समाचार प्रकाशित गरेको छ ।




तस्वीरहरू : एएफपी/रासस