आज पनि देशभर मनसुनी प्रभाव, केही स्थानमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

  • प्रकाशित मिति : २०८३ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भू-भागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।



कोशीको तराई र मधेसका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस तथा कोशी र बागमतीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।