घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि दिल्ली लगिँदै

  • प्रकाशित मिति : २०८३ असार २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी तीव्र पारिएको छ ।



बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू आजै वीर अस्पताल गएका छन् ।

चिकित्सकहरूसँगको परामर्शपछि बिरामीलाई तत्काल भारत लैजान आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको पहलमा नेपालीलाई थप उपचारका लागि दिल्ली लैजाने यो प्रक्रिया अघि बढाइएको हो ।