लामो समयदेखि थन्किएका करिब २६ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ। सुरक्षण मुद्रण केन्द्रले २९ लाखमध्ये २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिसकेको जनाएको छ।
यातायात व्यवस्था विभागका अनुसार अब पुराना ‘ब्याकलग’ हटेकाले साउनदेखि ट्रायल पास गर्ने तथा लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीले राजस्व बुझाएलगत्तै लाइसेन्स पाउने व्यवस्था हुनेछ। एक वर्षभन्दा कम अवधि बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने नवीकरणपछि मात्रै छापिनेछन्।
विभागले साउनदेखि नयाँ ‘ईडीएल भीआरएस’ प्रणाली लागू गर्दै अनलाइनबाट राजस्व तिर्ने, मेडिकल रिपोर्ट डिजिटल रूपमा बुझाउने र लाइसेन्स वितरणलाई थप सहज बनाउने जनाएको छ।