आज राति तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

मौसमविद्का अनुसार मनसुन प्रणाली सक्रिय रहेकाले रातिको समयमा वर्षाको गतिविधि थप बढ्ने अनुमान छ। विभागले कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा मधेशका केही भूभागमा सतर्कता अपनाउन आग्रह गर्दै चेतावनी जारी गरेको छ।



विभागका अनुसार भोलि पनि वर्षाको गतिविधि सक्रिय रहनेछ भने पर्सिबाट क्रमशः कम हुँदै जाने सम्भावना छ।