सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।



उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।