बालेन–रवि चार घण्टा छलफल, सरकार र पार्टीका पाँच प्रमुख विषयमा केन्द्रित

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा छलफल भएको छ।

बैठकमा सुकुमवासी समस्या, अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको मतभेद, पार्टीको महामन्त्री नियुक्ति, बढ्दो जनअसन्तुष्टि तथा दलाई लामासम्बन्धी कूटनीतिक विषय प्रमुख एजेन्डा बनेका थिए।



स्रोतका अनुसार प्रधानमन्त्री शाहले सुकुमवासी समस्या समाधानको प्रक्रिया अघि बढिरहेको भए पनि कर्मचारी र स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको बताएका थिए। अर्थमन्त्री वाग्लेसँग देखिएको मतभेदबारे पनि छलफल भएको स्रोतको दाबी छ।

बैठकमा पार्टीको महामन्त्री नियुक्ति, सामाजिक सञ्जाल हुँदै सडकसम्म पुगेको जनअसन्तुष्टि र दलाई लामासम्बन्धी विषयमा देखिएको कूटनीतिक संवेदनशीलताबारे समेत दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ।

प्रधानमन्त्री शाहले सरकार सुशासनको एजेन्डाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीभित्र देखिएको अन्योल हटाउन र आवश्यक समन्वय गर्न सभापति लामिछानेलाई आग्रह गरेको स्रोतले जनाएको छ।