कांग्रेसको ‘जरा अभियान’ बीपी स्मृति दिवसमा समापन गरिने

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा ६ साउनमा समापन गर्ने भएको छ।

महामन्त्री प्रदीप पौडेलले जारी गरेको परिपत्रअनुसार ३ साउनभित्र क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकको काम सकी ६ साउनमा देशभर अभियान समापन गरिनेछ। पालिकामा खटिएका प्रतिनिधिले ४ साउनभित्र जिल्ला तहका केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।



कांग्रेसले यसअघि २० असारसम्म सदस्यता वितरण गर्ने समय तोकेको भए पनि समय अभावका कारण त्यसलाई ३ साउनसम्म थप गरेको छ। १ वैशाखदेखि सुरु भएको ‘जरा अभियान’ संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकमा केन्द्रित छ।