माजिद अन्सारीले अस्पतालबाटै गरे जीवनरक्षाकाे अपिल

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी कुटपिट गरिएको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

त्रिवि शिक्षण अस्पतालबाट जारी वक्तव्यमा उनले पक्राउको कारण नबताइएको, पक्राउ पुर्जी नदेखाइएको र कानुनी प्रक्रिया पालना नगरिएको आरोप लगाएका छन्। उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफ्नो पक्राउबारे सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन्।



शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

यद्यपि, अन्सारीका आरोपबारे नेपाल प्रहरी वा गृह मन्त्रालयले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। अस्पतालमा रहेका उनलाई प्रहरीले घेरा हालिरहेको छ ।