मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा निजी नम्बर प्लेटका गाडी पार्किङ गरिएका छन्।

गाडीका कारण पत्रकार तथा प्रसारण सवारीसाधनको आवतजावत प्रभावित भएको छ। गाडी कसले र किन पार्किङ गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ।

प्रहरीले अनुसन्धान सुरु गर्नुका साथै गाडी हटाउने प्रक्रिया अघि बढाएको छ। कान्तिपुर कार्यालय अगाडि पार्क गरिएको एक गाडीमा ह्विललक समेत लगाइएको छ।