सञ्चारमाध्यमका कार्यालय अगाडि बाटो अवरुद्ध हुने गरी राखिएका तीनवटा गाडीको धनी पहिचान खुलेको छ। सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडीमध्ये दुई वटा व्यक्तिको र एउटा बैंकको नाममा रहेको खुलेको हो।
यातायात व्यवस्था विभागको विवरणअनुसार कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि राखिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ।
त्यस्तै, अनलाइनखबरको कार्यालय अगाडि राखिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा रहेको विभाग स्रोतले जनाएको छ।
यसैगरी हिमालय टेलिभिजनको कार्यालय अगाडि राखिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवाष भण्डारीको नाममा रहेको खुलेको छ।
तीनवटै गाडी सोमबार बिहान कार्यालय प्रवेश गर्ने बाटो छेक्ने गरी पार्किङ गरिएका थिए। गाडीका कारण सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई आफ्ना सवारीसाधन कार्यालय परिसरमा लैजानसमेत समस्या भएको थियो।
घटनापछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीले क्रेनको सहयोगमा तीनवटै गाडी हटाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गाडी राख्ने व्यक्ति र त्यसको उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा समेत