गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारको जाहेरी, अनुसन्धान सुरु

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान औपचारिक रूपमा सुरु भएको छ।

गणेशका दाजु मदन नेपालीले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरी दर्तापछि शव



पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरिएको छ।

सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि शव परीक्षणलगायत कानुनी प्रक्रिया अघि बढाइएको हो। मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीले महानगर प्रहरीसँग भएको विवादपछि असार २५ गते त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए। उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा उनको मृत्यु भएको थियो।