बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी आशिष कुँवर क्षेत्रीको क्यान्सरका कारण निधन

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन- प्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिष कुँवर क्षेत्रीको बेलायतमा क्यान्सरसँग लामो संघर्षपछि निधन भएको छ।

उनी जनवरी २०२५ मा उच्च शिक्षाका लागि बेलायत पुगेका थिए र युनिभर्सिटी अफ वेस्ट लन्डनमा कम्प्युटर साइन्स अध्ययनरत थिए। बेलायत पुगेको केही समयमै क्यान्सर भएको पत्ता लागेपछि ह्यामरस्मिथ अस्पतालमा उपचार गराइरहेका थिए।



आशिष इलिङको ग्रीनफोर्डमा आफ्नी दिदी अर्जु केसीसँग बस्दै आएका थिए। उनको निधनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, राप्ती समाज यूकेका अध्यक्ष चन्द्रबहादुर शाहीलगायतले गहिरो दुःख व्यक्त गर्दै परिवारलाई सहयोग गर्न बेलायतस्थित नेपाली समुदायसँग अपिल गरेका छन्।

परिवारले तामाङ समाज यूकेको सहयोगमा सञ्चालन गरिएको गोफन्डमी अभियानमार्फत आर्थिक सहयोग गर्न इच्छुक सबैलाई अनुरोध गरेको छ।