सभामुखको भूमिका निष्पक्ष नभएको कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको आरोप

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न चेतावनी दिए।



संसद्मा विरोधका बेला सबै दलका प्रतिनिधिलाई आफ्नो धारणा राख्न दिनुपर्ने उनको भनाइ छ।

आङ्देम्बेले प्रतिपक्षले संसद्को कार्यसूची सञ्चालनमा सहयोग गरिरहेको विषयलाई कमजोरीका रूपमा नलिन आग्रह गर्दै सत्तापक्षले विपक्षीसँग समन्वय नगर्दा सदनमा समस्या बढिरहेको बताए।