विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

सोमबार विशेष अदालत, काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राख्न म्याद थप गरेको हो।



योसँगै पौडेललाई हिरासतमा राख्न अदालतले म्याद थप गरेको पाँचौँ पटक भएको छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। त्यसयता विभागले विभिन्न चरणमा म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ।