अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडकमा यात्रा नगर्न प्रशासनको आग्रह

  • प्रकाशित मिति : २०८३ असार ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

अविरल वर्षाका कारण पहिरो र लेदो खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सडक प्रयोग नगर्न अनुरोध गरिएको छ।



सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सेतीदोभानसहित विभिन्न स्थानमा लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा बीच बाटोमा रोकिएका एम्बुलेन्ससहित अन्य सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने काम भइरहेको कार्यालयले जनाएको छ।