ब्रड पिकमा गएको हिमपहिरोपछि उद्धारमा खटिएका स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेका छन्।
पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) का अनुसार हालसम्म चारवटा शव फेला परेका छन्, यद्यपि तिनको राष्ट्रियता अझै पुष्टि हुन सकेको छैन।
उनले सामाजिक सञ्जालमा अपडेट दिँदै लेखेका छन्– हालसम्म चारवटा शव फेला परेका छन्, यद्यपि तिनको राष्ट्रियता अझै पुष्टि हुन सकेको छैन।
हेलिकप्टर र अन्य उद्धार टोलीहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सकारात्मक समाचार र अझै पनि बेपत्ता रहेका सबैको सकुशल फिर्तीको आशा गरिएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले पनि चार शव भेटिएको बताएका छन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै स्थल उद्धार टोलीले चार वटा शव बरामद गरेको जानकारी दिएका हुन्।
यद्यपि, उनले शव फेला परेको विषयमा आधिकारिक पुष्टि भने प्राप्त नभएको स्पष्ट पारेकी थिइन्।
ब्रड पिकमा हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन छन्। तीमध्ये ६ नेपाली छन्।
उनीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेनाका हेलिकप्टरसहित स्थल उद्धार टोली परिचालन गरिएको छ।