पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोज र उद्धारको काम जारी छ । यद्दपी आधिकारिक सूचनाहरु भने प्राप्त भइसकेका छैनन् ।
आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार पुर्जाको ट्रयाकर मुभमेन्ट बिहान सवा ६ बजेसम्म एक्टिभ रहेको देखिएको छ । उनले सो मुभमेन्टको तस्वीर समेत सार्वजनिक गरेका छन् ।
६ नेपालीसहित १० आरोही सो हिमालको हिमपहिरोमा परी वेपत्ता छन् । मुभमेन्टका आधारमा आरोहीहरु उद्धारको पर्खाइमा रहेको संकेत गर्ने समेत उनले बताएका छन् ।