इतर समूहले राष्ट्रिय भेला तयारी गरेपछि कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

  • प्रकाशित मिति : २०८३ श्रावण १७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ । साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक राखिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।



सभापति गगन थापासहित पार्टी नेतृत्व तहबाट एकताको प्रयास नभएको भन्दै पूर्वसभापति शेरबहादुर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला राखेको छ ।

इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिसकेको छ । भेला सम्पन्न गर्नको लागि १६ वटा तयारी समिति गठनसँगै राजनीतिक, समसामयिक राजनीतिक, सांगठानिक, विधान मस्यौदालगायतको समिति पनि बनाइएको छ ।

यही मेसोमा डाकिएको केन्द्रीय समिति बैठकलाई चासोसाथ हेरिएको छ ।