मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो, सडक अवरुद्ध

  • प्रकाशित मिति : २०८३ श्रावण १८, सोमबार
  • नेपाल टेल संवाददाता

मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।



सोमबार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।