देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।