रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता छन् । पहिरोमा ६ घरगोठ पुरिएका छन्।
मृत्यु हुनेमा ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर रहेका छन्। २ जना घाइतेको उद्धार गरिएको छ।
प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। घाइतेलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।