स्वदेश फर्किएपछि पार्टी एकताको लागि देउवाको आह्वान [पूर्ण पाठ]

  • प्रकाशित मिति : २०८३ श्रावण २८, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले एकताको आह्वान गरेका हुन्। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका छन्।

कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताए। उनले पार्टीभित्र देखिएका असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।



उनले भनेका छन्, ‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ। तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुभेच्छुक, समर्थक मतदातालगायत काम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो। सोही नीति अनुसार सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गर्न चाहन्छु।’

कांग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।