देउवालाई स्वागत गर्न गगनपक्षका नेता पनि एयरपोर्टमा, को–को पुगे ?

  • प्रकाशित मिति : २०८३ श्रावण २८, बिहीबार
  • नेपाल टेल संवाददाता

साढे पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न एयरपोर्टमा नेता र समर्थकको बाक्लो भिड देखिएको छ ।

इतरपक्षका थुप्रै प्रभावशाली नेताहरू पुग्दा सभापति गगन थापापक्षका नेतासमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।



विशेष महाधिवेशनमा गगनतिर खुलेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ एयरपोर्ट पुगेका हुन् । त्यस्तै, गगनले केन्द्रीय सदस्यमा मनोनीत गरेका अजयकुमार चौरसियासमेत देउवाको स्वागतमा एयरपोर्ट पुगेका छन् ।

अरु प्रभावशाली र चर्चित सभापति थापा पक्षका नेता भने एयरपोर्ट पुगेनन् । जाँदा पत्नी आरजुसहित गए पनि फर्किंदा भने देउवा एक्लै देखिएका छन् ।

कांग्रेस आधिकारिकताका लागि पुनः सुनुवाइ हुने उत्साहपछि देउवा स्वदेश फर्किएका हुन् ।