ओलीको खुला चुनौती : ‘अध्यक्षबाट हटाएर देखाऊ’

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाउन चुनौती दिएका छन्।

इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीभित्र अध्यक्ष हटाउने भन्दै भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै ‘अध्यक्ष हटाएर देखाऊ’ भन्ने चुनौती दिएका हुन्।



उनले चिया पसलमा बसेर गफ गर्दै वा हस्ताक्षर अभियान चलाउँदैमा पार्टी अध्यक्ष हटाउन नसकिने भन्दै त्यसका लागि पार्टीको विधान र निर्धारित प्रक्रिया पालना गर्नुपर्ने बताए।

ओलीले पार्टीभित्र अनुशासनहीनता र अराजकता बढाउन नहुने भन्दै अहिलेको अवस्थामा एमाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा पनि राखे।