देउवा समूहको सम्मेलनमा लफडा, निर्णय सुनाउने बेला निधि र महतबीच धकेलाधकेल

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्मेलन समापन समारोहमा लफडा भएको छ ।

सम्मेलनको निर्णय सुनाउने क्रममा नेताहरूबीच धकेलाधकेल भएको हो । सम्मेलनको निर्णय सुनाउने क्रममा नेता प्रकाशशरण महत र विमलेन्द्र निधिबीच निर्णय लेखिएको कागज खोसाखोस भएको थियो ।



उनीहरूले एकअर्कालाई तपाईं गैहाल्नुस् भनेको भिडियोमा सुनिन्छ । त्यसपछि माइक काटिएको थियो ।