देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै गगन

  • प्रकाशित मिति : २०८३ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्। करिब एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा थापाले आज अपराह्न ४ बजे आफ्नो धारणा राख्ने कार्यक्रम छ।

कांग्रेस नेताहरूका अनुसार थापाले सम्बोधनका क्रममा पूर्वसभापति शेरबहादुर देउवा पक्षको तीन दिने भेलामा आफूविरुद्ध उठाइएका प्रश्नको समेत जवाफ दिने तयारी गरेका छन्।



यसअघि हिजो एक कार्यक्रममा बोल्दै थापाले देउवा पक्षको भेलाबारे सानेपामा पत्रकार सम्मेलनमार्फत करिब एक घण्टा जवाफ दिने बताएका थिए। उनले पछिल्ला तीन दिनमा आफ्नो सबैभन्दा धेरै आलोचना भएको टिप्पणी गर्दै देउवा पक्षको भेलातर्फ संकेत गरेका थिए।

आजको केन्द्रीय समिति बैठकमा थापाको सम्बोधनलाई पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र आरोप–प्रत्यारोपका विषयमा महत्वपूर्ण मानिएको छ।