प्रतिनिधिसभा सांसद एवं रास्वपाका नेता रमेश प्रसाईंले सरकारले चलाएको करदाता प्रोत्साहन कार्यक्रमको प्रसंशा गरेका छन् ।
अर्थ मन्त्रालयले १ साउन २०८३ देखि सुरु गरेको यो कार्यक्रमबाट ३३ जना करदाता लाभान्वित भइसकेको बताउँदै १ लाखदेखि १० लाखको चिट्टा कार्यक्रम ल्याउने अर्थमन्त्री र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।
उनले भने, ‘म सभामुखमार्फत आमनागरिकलाई अपिल गर्न चाहन्छु– १०० रुपैयाँभन्दा बढीको सामान लिँदा अनिवार्य बिल लिऊँ । सबभन्दा राम्रो अनलाइन पेमेन्ट गरौँ । आज १०० रुपैयाँको सामान किन्दा झ्याम्मै १० लाखको चिट्टा पर्यो भने त बिजोग रमाइलो भएन त ।’
अन्तमा उनले भने, ‘तपाईं र मेरो करबाटै देश चल्ने हो ।’