मकवानपुरको भीमफेदी गाउँपालिका ६ जरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन् । मुख्य न्यायाधीश डाँगी र चालक छुनिलाल चौधरीको भने हेटौँडामा उपचार भइरहेको छ ।
गम्भीर अवस्थाका चार जनालाई सेनाको हेलिकप्टरबाट उपचारका लागि छाउनी ल्याइएको थियो ।