रास्वपा सांसद जोशीले भने– शिक्षकलाई सडकमा जान बाध्य नपारौँ

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगतप्रसाद जोशीले शिक्षकलाई सडकमा जान बाध्य नपार्न सरकारसमक्ष अनुरोध गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद जोशीले सरकारले आफ्नो योगदानअनुसारको सम्मान पाउन नसकेको जनाउँदै शिक्षकलाई आन्दोलन गर्नुपर्ने अवस्थामा पुर्‍याउन नहुने बताएका हुन् ।

‘शिक्षकहरूको उचित सम्मान हुन सकिरहेको छैन । उनीहरूले उचित पारिश्रमिक पाउन सकिरहेका छैनन् । यसको बदलमा सरकारले नवउदारवादी नीति लागू गर्दै शिक्षा क्षेत्रबाट पन्छिने दुष्साहास गरिरहेको छ । त्यसको विरूद्धमा नेपाली जनताहरूले आज वाच डगको रूपमा हेरिरहेका छन्,’ जोशीले भने, ‘त्यसैले जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गर्नको निम्ति, त्यो बाटो अपनाउनको निम्ति र सकारले गरिब जनतातको निम्ति र यो देशमा सरकार पनि छ भन्ने बनाउनको लागि शिक्षकहरूलाई सडकमा जान बाध्य नपार्नको निम्ति ध्यानाकर्षण गराउन चाहुन्छु ।’



उनले अगाडि भने, ‘हामीले शिक्षकको आन्दोलन होइन, उहाँहरूलाई उचित रूपमा सम्मान दिएर अगाडि बढ्न नेपाल सरकारलाई आग्रह गर्छु ।’

उनले अब आउने शिक्षा ऐनमा गरिबका छोराछोरीले विद्यालयभित्र प्रदेश पाउनुपर्ने र शिक्षकका समस्या पार लाग्नेखालको हुनुपर्ने बताए ।