अल्डरसटमा इन्टेक १९८७ (८० वाला) को नम्बरी भेला सम्पन्न

  • प्रकाशित मिति : २०८३ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

बेलायत । अल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा १६ अगस्ट, २०२६ तारिखका दिन इन्टेक १९८७ (८० वाला) को नम्बरि भेला भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका संयोजक रामकृष्ण गुरुङले कार्यक्रमकाे सुरुआतमा उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारीका साथै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका थिए । त्यसपश्चात् सुक बहादुर गुरुङले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे। भेलालाई थप रमाइलो बनाउन दिदीबहिनीहरूका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू समेत आयोजना गरिएको थियो।



सांगीतिक र मनोरन्जनात्मक सत्रमा चर्चित गायिका प्रिया गुरुङ, शर्मिला गुरुङ र मन्जु बिकले आफ्ना प्रस्तुतिहरू मार्फत सहभागीहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा सामूहिक भोजका साथै आकर्षक पुरस्कार र नगद पुरस्कार समावेश गरिएको राफल ड्र समेत सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रमलाई सुक गुरुङले स्पोन्सर गरेका थिए । कार्यक्रमको अन्त्यमा संयोजक रामकृष्ण गुरुङले भेलालाई सफल पार्न सहयोग गर्ने र उपस्थित हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै सुरक्षित यात्राको कामना सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।