मन्त्री फेरबदल नहुने र सरकार पनि परिवर्तन नहुने

  • प्रकाशित मिति : २०८३ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक संसदीय दलको बैठक बसेको थियो । बैठक संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नभएर पार्टी सभापति रवि लामिछानेले बोलाएका थिए ।

बैठक पछिल्लो समय सदनमा रास्वपा सांसदहरूको प्रस्तुति, संसदीय मर्यादा तथा पार्टीको नीति र अनुशासन पालनालगायतका विषयमा प्रश्न उठिरहेको बेला बसेको हो ।



बैठकमा लामिछानेले मन्त्री फेरबदल नहुने र सरकार पनि परिवर्तन नहुने बताएका थिए ।

‘बाहिर हल्ला गरिएजस्तो हाम्रो सम्बन्ध होइन । गर्लफ्रेन्ड ब्याइफ्रेन्ड ७-८ घन्टा बसेर गफ नगर्लान्, हामी गर्छौं,’ सभापतिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।