लन्डन । नेपाल इन्जिनियर्स एसोसिएसन यूकेको अध्यक्षमा न्यूसन श्रेष्ठ चयन हुनुभएको छ ।
श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति उपाध्यक्षमा गौचन गुरुङ, कोषाध्यक्ष पूजा गुरुङ, सचिवहरुमा दीक्षान्त श्रेष्ठ र आयुश गुरुङ, सोसल मिडिया/कम्युनिकेशन म्यानेजरद्वयमा सुदीप राई र अनिल फुयाँल निर्वाचित हुनुभएको हो ।
प्रमुख सल्लाहकारहरुमा संस्थाका पूर्वअध्यक्षद्वय उदीप राई र इन्दु राई तथा कार्यकारी सदस्यमा सुमन वैद्य निर्वाचित हुनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन नेपाली इन्जिनियरहरूको एक स्वतन्त्र तथा गैर–नाफामूलक संस्था हो, जुन नेपाल सरकारको समाज सेवा ऐनअन्तर्गत दर्ता छ । यसको स्थापना सन् १९६२ मा नेपालमा भएको थियो। त्यसैको बेलायत शाखा सन् २०१७ मा स्थापना भएको थियो ।
अन्तर्राष्ट्रिय इन्जिनियरिङ संघसंस्थाहरूसँग सम्बन्ध, फेलोसीप र सद्भावना अभिवृद्धि गर्नु पनि उद्देश्य रहेको एसोसिएसनले जनाएको छ ।