रास्वपाको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारी पद पूर्ति गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको हो।
जसअनुसार प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
आजको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ।