गरिमा चौधरी बलात्कार–हत्या प्रकरणका आरोपीको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विक पक्राउ परेका छन्।
अनुसन्धानका क्रममा प्रोटोकलविपरीत भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा विकलाई हिरासतमा राखिएको छ।
भिडियो खिच्ने समूहमा देखिएका अन्य प्रहरीमाथि समेत अनुसन्धान भइरहेको जनाइएकाे छ।