रसुवा बाढी : के-के क्षति भयो ?

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ ।’



नेपाली क्षेत्रमा पानी नपरेकाले पारि (चीन)बाट आएको हुनसक्ने उनले बताए । ‘हाम्रो साइडमा ठूलो खालको ग्लेसर थिएन । पारीबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि परेको थिएन । हिजो राति धुन्चे तिर अलि अलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’

उद्धारमा समेत अहिले कठिनाइ भएको छ । ‘आर्मीको हेलिकप्टर निरीक्षणमा गइसकेको छ,’ उनले भने । थप क्षतिबारे बुझ्ने काम भइरहेको उनले बताए ।