रसुवामा ठूलो बाढी आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई बाढीको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमै रोकिएको हो।
जल तथा मौसम विज्ञान विभागले चीनको तिब्बतबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनका तटीय क्षेत्र र मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राखी पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका राजमार्गहरूमा आवागमन रोक्न सुझाव दिएको थियाे।