प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर स्थगित, गृहमन्त्रीले बाढीबारे जानकारी दिने

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

भोटेकोशीमा आएको बाढीले अकल्पनीय क्षति पुर्‍याएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । आज प्रतिनिधिसभाको बैठक संक्षिप्त मात्रै बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची थियो । तर बाढीपछिको राहत तथा उद्धारको काममा खटिनुपर्ने भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम स्थगित गरिएको छ ।



आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे सदनलाई जानकारी दिनेछन् । बैठक दिउँसो १ बजे बस्दै छ ।