राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकको उद्धार र जीवनरक्षाका लागि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संकटको समयमा नागरिकको जीवनरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगका लागि सरकारका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए ।
‘सरकारले सम्पूर्ण सामर्थ्य आफ्नो नागरिकलाई बचाउन लगाउनेछ,’ लामिछानेले भने ।
उनले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत जोड दिए ।