विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को बेलायतमा गरियो अन्त्येष्टि

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

लन्डन । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को बुधबार अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिएको छ ।

ब्ल्यान्डफर्डस्थित मिल्टन एबी (गिर्जाघर)मा बुधबार परिवारजन, आफन्त, शुभचिन्तकलगायतले श्रद्धाञ्जली दिँदै अन्तिम बिदाइ गरेका हुन् । अन्त्येष्टिअघि निम्सदाइप्रति श्रद्धाञ्जली दिन शोकसभाको आयोजना गरिएको थियो ।



शोकसभा तथा अन्त्येष्टिको क्रममा पादरी, पण्डित र बौद्धगुरु, पूर्वएमएबी६, ब्रिटिस आर्मी, क्विन्स गोर्खा इन्जिनियर्स (क्यूजिए), नेपाल पर्वतारोहण संघ, बेलायतका पर्वतारोहीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

४३ वर्षीय पुर्जाको जुलाई ३० मा पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी मृत्यु भएको थियो । हिमपहिरोमा निम्सदाइसहित ६ नेपाली र चार विदेशीको मृत्यु भएको थियो ।

निम्सदाइ परिवारले अत्यन्त पीडादायी समयमा आफूहरुप्रति देखाएको माया, प्रार्थना, सद्भाव, करुणा र सहयोगका लागि हरेक व्यक्तिप्रति हृदयदेखि नै गहिरो आभार व्यक्त रेका छन् ।